काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । अदालतले पूर्वप्रधानमन्त्री खानलाई अवैध तरिकाले पक्राउ गरेको भन्दै उहाँलाई रिहा गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले इमरान खानलाई इस्लामाबाद उच्च अदालतमा जान र उच्च अदालतल गरेको फैसला स्वीकार गर्नुपर्ने बताएको छ । भ्रष्टाचारसँग जोडिएको एक मुद्दामा पूर्वप्रधानमन्त्री खानलाई अदालतले मंगलवार उहाँलाई अदालत परिसरबाट पक्राउ गरेको थियो । खानका वकिलले अवैध तरिकाले पक्राउ गरेको भन्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र झडपको सिलसिला सुरु भएको थियो । पाकिस्तानभर चर्किएको प्रदर्शनका क्रममा कम्तीमा १० जनाको ज्यान जानुका साथै दुई हजार जनाभन्दा धेरै मानिस पक्राउ परेका थिए ।


प्रतिक्रिया