काठमाडौं, १८ बैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताउनुभएको छ । इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताउनुभएको हो ।
सभालाई सम्बोधन गर्दै ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफु परिचित रहेको बताउनुभयो । ओलीले आफुले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै आफुले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने बताउनुभयो ।


प्रतिक्रिया