मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजाको खान युनिस अस्पतालको सामूहिक चिहानबाट दुई सय बढी शव फेला

गाजाको खान युनिस अस्पतालको सामूहिक चिहानबाट दुई सय बढी शव फेला

न्यूजस्टोरी

गाजाको खान युनिसको नासेर अस्पतालबाट अहिलेसम्म दुई सय जनाको शव निकालिएको छ । गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेका हुन् । शवहरूलाई अस्पताल छेउ गाडेको पाइएको बीबीसीले जनाएको छ ।

यो अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या भएको हमासले दावी गरेको छ । इजरायलले अस्पतालमा शव फेला परेको विषयमा थप अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ ।

खान युनिस अस्पताल वरपरको क्षेत्रमा केही हप्तासम्म भएको युद्धपछि इजरायली सेनाहरू दुई हप्ता अघि त्यहाँबाट पछि हटेका थिए । सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ ।