मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकको प्रदर्शन

अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकको प्रदर्शन

न्यूजस्टोरी

आफ्नो देशबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग गर्दै नाइजरमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता समाप्त गर्ने सरकारको निर्णयपछि पनि अमेरिकी सेना फिर्ता नभएको भन्दै हजारौँ नागरिकले नाइजरको राजधानी नियामेको सडकमा जुलुस निकालेका हुन् ।

चर्को गर्मीको सामना गर्दै प्लेकार्ड र विभिन्न ब्यानर बोकेर हजारौँ नागरिक सडकमा निस्किएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । नाइजेरियाली नागरिक समाजका सङ्गठनहरूको समन्वय गरिरहेका मोहम्मद अलकाबिरले अमेरिकी सेनालाई देशबाट नधपाएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।

गएको मार्चमा नाइजरले संयुक्त राज्य अमेरिकासँगको सैन्य सम्झौता रोकेको थियो । अहिले लगभग सात सय जना अमेरिकी सेना नाइजरमा रहेको अनुमान छ ।