मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायल आक्रम : गाजामा सञ्चालन भईरहेका सहायता कार्यक्रम धमाधम स्थगित

इजरायल आक्रम : गाजामा सञ्चालन भईरहेका सहायता कार्यक्रम धमाधम स्थगित

न्यूजस्टोरी

इजरायलको आक्रमणमा परेर सातजना सहायताकर्मी मारिएपछि सहायता संस्था वर्ल्ड सेन्ट्रल किचेनसँगै अरु विभिन्न संस्थाले गाजामा सञ्चालन भईरहेका सहायता कार्यक्रम धमाधम स्थगित गर्न थालेका छन् ।

गाजामा सहायता सामग्री उपलब्ध गराईरहेको अमेरिकी परोपकारी संस्था, एनेराले पनि आफ्नो स्थानीय कर्मचारी र उनीहरूका परिवारहरूले सामना गरिरहेको बढ्दो जोखिमको कारणले काम स्थगित गरेको बीबीसीले जनाएको छ । गाजामा यी दुई संस्था मिलेर हप्तामा २० लाखका लागि खानाका सेवा दिईरहेका थिए ।

यसअघि संयुक्त राष्ट्रसङ्घले इजरायलले सहायता वितरणमा लगाएको प्रतिबन्ध र निरन्तरको आक्रमणका कारण क्षेत्रको आधा जनसङ्ख्या अर्थात १० लाखभन्दा धेरै मानिस भोकमरीमा फसेका जनाएको थियो । सहायता संस्थाहरुले काम रोक्न थालेपछि गाजापट्टीका धेरै प्यालेस्टिनीहरूले आफ्नो परिवारलाई कसरी खुवाउने भनेर चिन्ता व्यक्त गरेका खबरमा उल्लेख छ ।

गाजाबासीले सामना गरिरहेका भोकमरीको समस्या विकराल हुँदै जाने राष्ट्रसङ्घले चेतावनी दिइसकेको छ । गएको अक्टोबरमा इजरायल र गाजाबीच युद्ध शुरु भएदेखि अहिलेसम्म १ सय ९७ जना सहायताकर्मीले ज्यान गुमाएका खबरमा उल्लेख छ ।