मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाई संसद्‌को तल्लो सदनबाट समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित

थाई संसद्‌को तल्लो सदनबाट समलिङ्गी विवाहलाई मान्यता दिने विधेयक पारित

न्यूजस्टोरी

थाइल्यान्ड ,१५  चैत । संसद्‌को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने एउटा विधेयक पारित गरेसँगै थाईल्यान्डले पनि वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ।उक्त विधेयक कानुन बन्नका लागि भने माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ।

यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो दक्षिण पूर्व एशियाली देश बन्नेछ।

यो कदमले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि तुलनात्मक रूपमा उक्त क्षेत्रको सबैभन्दा उदार मानिने थाईल्यान्डलाई थप खुला बनाउनेछ।