मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै भारत

न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्दै भारत

न्यूजस्टोरी

भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ुद इकोनोमिक टाइम्सुले जनाएको छ ।

तलब निर्धारण गर्दा घर भाडा तथा मर्मत, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडालगायत कामदारले गर्नुपर्ने न्यूनतम खर्चको हिसाब गरेर जीवन निर्वाह गर्न पुग्ने किसिमबाट हुनेछ । भारतले शुरु गर्न लागेको जीवन निर्वाह तलबको व्यवस्थालाई अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०ले अनुमोदन गरेको पनि ुद इकोनोमिक टाइम्सुको खबरमा उल्लेख छ ।

न्यूनतम तलब र जीवन निर्वाह तलब काम लगाउँदा दिनुपर्ने सबैभन्दा कम तलब रहेकोले उस्तै देखिए पनि बजारमूल्य, आधारभूत आबश्यकता तथा बदलिँदो परिवेशलेसमेत असर गर्ने हुँदा कामदारका लागि लाभदायक हुने भारतीय अधिकारीको भनाई छ ।