नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र स्टन्ट गर्नेलाई बुझाउनुनपर्ने बताउनु भएको छ।बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको रोहबरमा सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उहाले बताउनु भएको हो ।‘४५ वर्षको उद्यमको यात्राको आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन,’ ‘त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई।’ उहाले अहिले कठिन आर्थिक परिस्थितिबाट मुलुक गुज्रिइरहेको बेला उद्यमीहरूबीच कस्तो सन्देश जाने भन्दै प्रश्न गर्नु भएको छ ।
‘यो बेलामा मजत्तिको मानिसले यो कुरा भनिरहँदाखेरी नेपालभरि रहेका र विश्वभरि रहेका नेपालका युवाहरूले उद्योगी र करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हो भन्ने कुराको हेक्का राज्यले राख्नुपर्ने हो,’ उहाले प्रतिक्रिया दिनुभयो ।


प्रतिक्रिया