शेखर छत्कुली
वीरगन्ज ७ चैत । वीरगन्जको एक क्यासिनोमा नेपालीहरुलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा पर्सा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले छडके चेकजाँचको क्रममा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित रहेको होटेल भिस्वाको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई प्रवेश गराइ जुवा खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पर्सा प्रहरीले पक्राउ गरेकाहरुमा क्यासिनोका कर्मचारी जिल्ला कास्की पोखराका प्रताप लामा, जिल्ला सर्लाही बरहथवाका उमेश कार्की, वीरगन्जको नगवाका पप्पु वीरगन्ज वडा नम्बर ८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले बताएका छन् । वीरगन्जमा रहेका क्यासिनोहरुमा नेपालीहरुलाई प्रवेश गराई जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारी गर्दा तीन क्यासिनोका कर्मचारी सहित चार जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनालाई पर्सा प्रहरीले हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाउनुको साथै पक्राउ परेकाहरु माथी जुवातास एैन अन्तर्गत मुदा चलाउने तयारी भै रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया