मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट शुरु

ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट शुरु

न्यूजस्टोरी

धनुषा, २७ फागुन । १५ दिनसम्म मनाइने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट शुरु भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागिता हुने परिक्रमामा विभिन्न १५ ठाउँमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ ।

यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीका मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । आज सबै तीर्थालु हनुमानगढीमा जम्मा हुनेछन् । भोलि बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने पर्सि भारतकै फुलहरको गिरिजा स्थानमा पुगेर विश्राम गर्ने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताउनुभयो ।

नेपाल र भारतका विभिन्न पवित्र स्थल घुमेपछि आउँदो चैतको १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । परिक्रममा सहभागी श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा सहभागिता भएका छन् ।

उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन्।अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । परिक्रमामा सहभागिता भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवम् मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।