मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेटरलाई मासिक एक लाख तलब दिने क्यानको निर्णय

क्रिकेटरलाई मासिक एक लाख तलब दिने क्यानको निर्णय

न्यूजस्टोरी

काठमाडौं, १४ फागुन । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटरलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ ।

काठमाडौंको मुलपानीमा बसेको क्यानको कार्यसमिति बैठकले ग्रेड एमा परेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले ग्रेट बीलाई ७० हजार, सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमर्जिङ क्याटोगरिलाई २५ हजार रुपैयाँ तलब उपलब्ध गराउने निर्णय गरेको हो ।

क्यानको वर्गीकरण अनुसार ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् ।

ग्रेड बीमा कुशल मल्ल, गुलसन झा, भिम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् ।
ग्रेड सीमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् ।

ग्रड डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ छन् ।

इमिर्जिङ क्याटोगरीमा दिपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देब खनाल, अर्जुन घर्ति र हेमन्त धामी छन् ।

यस्तै महिला खेलाडीको समेत वर्गीकरण गर्दै ए ग्रेडलाई ५० हजार, बीलाई ३५ हजार, सीलाई ३० हजार, डीलाई २५ हजार र इमर्जिङलाई मासिक २० हजार तलब उपलब्ध गराउने निर्णय भएको छ ।

महिलातर्फ ग्रेड एमा इन्दु वर्मा, रुबिना क्षेत्री र सीताराना मगर छन् ।

ग्रेड बीमा कबिता कुँवर, ग्रेड सीमा पुजा महतो, अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल छन् ।

इमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन छन् ।