मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्व मेयर विजय सरावगीले रास्वपाको सदस्यता लिएको सार्वजनिक भएपछि एमाले परित्यागको घोषणा

पुर्व मेयर विजय सरावगीले रास्वपाको सदस्यता लिएको सार्वजनिक भएपछि एमाले परित्यागको घोषणा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, २३ असोज । वीरगन्ज महानगरपालिकाका पुर्व मेयर एवम् नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगीले रास्वपाको सदस्यता लिएको सार्वजनिक भएपछि एमाले परित्यागको घोषणा गरेका छन्। वीरगञ्ज महानगरपालिकाका पूर्वनगर प्रमुख एवं नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्य सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सदस्यता लिएको विवरण सार्वजनिक भएपछि नेकपा एमालेको साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गरेका हुन्।

सरावगीले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले नेकपा एमालेको साधारण सदस्यसमेत त्याग गरेको जानकारी दिएका हुन्। यसअघि सरावगीले रास्वपाको सदस्यता लिएको विवरण विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। रास्वपाको सदस्यता लिएको विवरण सार्वजनिक भएपछि सरावगीले एमालेको साधारण सदस्यसमेत त्यागेको घोषणा गरेका हुन्। एमालेको केन्द्रीय सदस्यमा निर्वाचित सरावगी रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको चर्चा यसअघि नै चल्दै आएको थियो।

पछिल्लो समय उनी आगामी निर्वाचनमा रास्वपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सक्ने चर्चा समेत हुँदै आएको छ।
एमाले परित्यागको घोषणासँगै सरावगीको आगामी राजनीतिक यात्रा रास्वपासँग जोडिने देखिएको छ ।


विजय सरावगी २०७९ साल बैशाख ३० गते भएको स्थानिय निर्वाचन वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह सँग २५ हजार भन्दा बढी मतले पराजित भएका थिए ।

सरावगीले रास्वपाको पर्सा जिल्ला अधिवेशन देखि केन्द्रीय महाधिवेशनमा समेत पार्टीमा आर्थिक सहयोग गर्दै आएको चर्चा समेत चलेको थियो।