मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैं तिहार र छठ चाडपर्व लक्षित गरी पर्सा प्रहरीले अपराध नियन्त्रणमा विशेष सुरक्षा

दशैं तिहार र छठ चाडपर्व लक्षित गरी पर्सा प्रहरीले अपराध नियन्त्रणमा विशेष सुरक्षा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, २० असोज । जिल्ला प्रहरी कार्यालय पर्साले नेपालीहरूको महान् चाड बडादशैं तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ।

पर्सा प्रहरीले चाडपर्वका समयमा हुने अत्यधिक मानिसको आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा हुने भीडभाड, सार्वजनिक यातायातमा बढ्ने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधि र आर्थिक कारोबारलाई मध्यनजर गर्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा प्रहरी जनशक्ति परिचालन गरी विशेष निगरानी गर्ने जनाएको छ ।

प्रहरीले वीरगन्जमा सुरक्षामा कडाई गर्दै गस्ती तथा चेकजाँचको व्यवस्था समेत मिलाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक डिएसपी चक्र बहादुर मल्लले जनाएकाछन् ।

प्रहरीले चाडपर्वका क्रममा अपराधिक घटना, शान्ति सुरक्षामा खलल, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने तथा खेलाउने, आतिसबाजी ९ पटाका ० पड्काउने गर्ने र ठगीजस्ता गतिविधिबाट सजक रहन समेत आम पर्सा बासीहरुलाई आग्रह गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षित तथा मर्यादित रूपमा चाडपर्व मनाउन र कुनै अपराधिक गतिविधि भएमा तत्काल नजिकको प्रहरी कार्यालयहरुमा खबर गर्न समेत आग्रह गरेको छ।
वीरगन्जमा बडादशैंको बेलामा बजारमा चहल पहलको साथ साथै भिडभाड हुने भएकाले चोरी बढ्ने पाकेटमारी हुने हुदा सजक रहन सम्पुर्ण पर्सा बासी लगायत बाहिरबाट आउने आम जनसमुदायमा जिल्ला प्रहरी कार्यालय पर्साले हार्दिक अपिल समेत गरेको छ।

सुरक्षासम्बन्धी जानकारी तथा सहयोगका लागि प्रहरी कन्ट्रोल १००, ९८५५०९०१३६ र ९८५५०९०३२९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।