मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ११ लाख बढीको लत्ताकपडा पर्सा प्रहरीको नियन्त्रणमा

भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ११ लाख बढीको लत्ताकपडा पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, ३० भाद्र । पर्सा प्रहरीले भन्सार छली गरी तस्करी गर्दै भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा करिव ११ लाख रुपैयाँ भन्दा बढीको अवैध लत्ताकपडा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्वर १६ ईनरुवा गाउँबाट ११ लाख २ हजार १ सय ४० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडा पक्राउ गरी नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीले २७ गते शनिवारको साँझ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको विशेष टोलीले उक्त भन्सार छलिका सामान लत्ताकपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएका छन्।

पर्सा प्रहरीले नियन्त्रणमा लिएको लत्ताकपडा साडी कुर्ता सुरुवाल लगायतका सामान रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका लत्ताकपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।