मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध असुलीको आरोप सेलाउन नपाउँदै इन्सपेक्टर अधिकारीले फेरि खटाए घुमुवा

अवैध असुलीको आरोप सेलाउन नपाउँदै इन्सपेक्टर अधिकारीले फेरि खटाए घुमुवा

न्यूजस्टोरी

वीरगञ्ज, २३ भाद्र । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको कार्यक्षेत्रअन्तर्गतका विभिन्न बजार क्षेत्रमा अवैध गतिविधि बढिरहेको स्थानीयले आरोप लगाएका छन् । लागुऔषध, अवैध मदिरा, भन्सार छलीका सामान तथा नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार भइरहेको आरोप सार्वजनिक भइरहँदा त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी प्रशासनको निगरानी प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ ।मिलनचोक, बडनिहार, हरपुर, मनवा बजार, पञ्चगावा बजार, निचुटा, देउरिया, मनिहरवा लगायतका क्षेत्रमा रहेका केही पसलबाट गाँजा, चरस तथा प्रतिबन्धित पदार्थका साना पुडिया बिक्री हुने गरेको स्थानीयको दाबी छ ।

यस्ता गतिविधिबारे स्थानीयस्तरमा चर्चा भइरहँदा समेत प्रहरीले प्रभावकारी अनुसन्धान र कारबाही अघि नबढाएको उनीहरूको गुनासो छ ।

यदि यस्तो गतिविधि नियमित रूपमा भइरहेको हो भने सम्बन्धित प्रहरी कार्यालयको सूचना संयन्त्र र गस्ती प्रणालीले किन नियन्त्रण गर्न सकेन भन्ने प्रश्न उठेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले यसअघि परिचालन गरेका घुमुवा श्रीलाल मण्डल र सुशिल मण्डल बिवादमा परेका थिए ।

उनीहरूमाथि विगतमा अवैध रूपमा रकम असुली गरेको आरोप लागेको विषयसमेत स्थानीयस्तरमा उठ्ेको थियो ।
हाल उनीहरू जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा ड्युटीमा खटिएको बताइएको छ ।

यसैबीच निरीक्षक अधिकारीले विवेक पाण्डे र पप्पु पण्डितलाई घुमुवाका रूपमा परिचालन गरेको स्थानीय स्रोतको दाबी छ ।

यही अवस्थामा सीमा तथा बजार क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न घुमुवा परिचालनको रणनीति कति प्रभावकारी भइरहेको छ भन्ने प्रश्न थप गम्भीर बनेको छ ।

घुमुवा प्रहरीको मुख्य उद्देश्य सीमा क्षेत्र तथा अपराधका सम्भावित गतिविधिबारे सूचना संकलन गरी सम्बन्धित कार्यालयलाई जानकारी गराउनु र अपराध नियन्त्रणमा सहयोग गर्नु हो ।

तर, प्रहरीकै निगरानी क्षेत्रभित्र लागुऔषध बिक्री, अवैध मदिरा उत्पादन, भन्सार छली तथा तस्करीका आरोप निरन्तर आइरहेका छन् भने घुमुवा संयन्त्रले वास्तवमा के सूचना संकलन गरिरहेको छ रु सूचना प्रहरी नेतृत्वसम्म पुगिरहेको छैन कि पुगे पनि कारबाही भइरहेको छैन रु भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ ।

त्यसैगरी बालुवा तथा गिट्टीको अवैध उत्खनन र ओसारपसारसमेत तीव्र रहेको स्थानीयको आरोप छ ।

विशेषगरी घुमुवा परिचालन गरिएका क्षेत्रमै अवैध मदिरा, लागुऔषध, तस्करी र नदीजन्य पदार्थको कारोबारबारे स्थानीयबाट गुनासो आउनुले घुमुवा संयन्त्रको उपलब्धि र जवाफदेहिताको मूल्यांकन गर्नुपर्ने अवस्था देखिएको छ ।

तस्विरः बाँयाबाट क्रमश बिवेक पाण्डे, पप्पु पंडित र इन्सपेक्टर अधिकारी