मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारभित्र लुकाएर भारत लग्दै गरेको १ सय १४ किलो गाँजा सहित एक युवा पर्सा प्रहरीको नियन्त्रणमा

कारभित्र लुकाएर भारत लग्दै गरेको १ सय १४ किलो गाँजा सहित एक युवा पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, २० भाद्र । पर्सा प्रहरीले कारको डिकी भित्र लुकाएर भारत तर्फ लादै गरेको अवस्थामा १ सय १४ किलो लागु औषध गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पर्साको ग्रामिण क्षेत्रमा रहेको प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त गाजा कारबाट बरामद गरेको हो गरेको ।

पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–१ स्थित तिलावेपुल–भिष्वा सडकखण्डमा शुक्रबार राति चेकजाँचको नेपालवाट भारत तर्फ लाने क्रममा बा १८ च ३६५७ नम्बरको निशान कारबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विशेष सुचनाको आधारमा प्रहरीले चेकजाँचको क्रममा कारको डिकीमा लुकाएर राखेको १२ वटा पोकामा गाँजा फेला परेपछि प्रहरीले गाडी गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

उक्त गाँजा सहित पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्र मल्लले बताएकाछन् ।

गाँजा सहित पक्राउ परेका चेपाङमाथि लागु औषध समबन्धि मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।