गाउँमा बृक्षारोपण संगै सिसि टिभि हस्तान्तरण
किरण कुँवर
चितवन, २८ असार । सृजनशील युवा समाज रत्तननगरको आयोजनामा आज वृक्षारोपण तथा सिसी क्यामेरा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जलबायू परिवर्तन र बढ्दै गरेको तापमानले निम्ताएको जोखिम न्यूनिकरणका लागि वृक्षारोपण गरिएको आयोजकको भनाई छ । कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटले स्थानीय जनताको सचेतनाबाटै स्थानीय तह अझै मजबुद हुने उल्लेख गर्नुभयो । स्थानीय तहमा हुने यस्ता खालका कार्यक्रमले सकरात्मक सोचका साथ काम गर्न स्थानीय प्रतिनिधिलाई थप हौसला प्रदान गर्ने सापकोटाको भनाइ छ ।

कार्यक्रममा सिसि टिभि बितरण गरिएको बिषयमा प्रमुख सापकोटाले सुरक्षा पहिलो भएको जिकिर समेत गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा बोल्दै सृजनशील युवा समाजका अध्यक्ष शंकर पौडेलले समाजलाई अझै परिपक्क र अझै सामाजिक बनाउन यस्ता गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय तहबाट पनि साथ र सहयोग पाएको प्रति लक्षित गर्दै समाजले स्थानीय सरकारको साथको संधै अपेक्षा गेको पनि बताउनुभयो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रुपमा स्थानीय समाजसेवी कुलप्रसाद सापकोटा, इलाका प्रहरी कार्यालय रत्ननगरका युवराज पाण्डे तथा विभिन्न टोलका टोल अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

साथै सृजनशील युवा समाजले गरेको कामको प्रशंसा गर्दै संस्थामा आजीवन सदस्यका रूपमा रहने गरि स्थानीय समाजसेवी कृष्ण कँडेलले एक लाख रुपैयाँ सहयोग समेत गर्नुभयो । सृजनशील युवा समाजले यस अघि पनि बिभिन्न कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया