मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्साको ईलाका प्रहरी कार्यालय नागवाका सई झा र घुमुवा साहको आर्थिक आतंक

पर्साको ईलाका प्रहरी कार्यालय नागवाका सई झा र घुमुवा साहको आर्थिक आतंक

न्यूजस्टोरी

तस्करसँग साँठगांठ, चेकजाँचको नाममा सर्व साधारणलाई सास्ती
काठमाडौं, २९ चैत्र । ईलाका प्रहरी कार्यालय नागवाका घुमुवाले नगवा क्षेत्रमा सादा पोशाकमा आतंक नै मच्चाए को स्थानियहरुले गुनासो गरेको समाचार प्राप्त भएको छ।

पर्सा जिल्लाको ईलाका प्रहरी कार्यालय नागवाले रहेको प्रहरी सहायक हवल्दार धर्मेन्द्र साहलाई घुमुवाको रुपमा परिचालन गरेर साहलाई रकम असुल्नका लागी परिचालित गरेको समाचार स्रोतले जनाएको छ ।
घुमुवा साहले तस्करहरु सँह रकम असुल्नका लागी घुमुवामा राखेको स्थानियहरुले आरोप लगाएका छन् ।

ईलाका प्रहरी कार्यालय नागवाको घुमुवा सहायक हवल्दार साहले पर्साको सिमानाकामा पर्ने ईनार्वा गाँउ, वीरगन्ज भन्सार देखि बाराको छातवा, मुशहार्वा र बलिरामपुरका नाका भई तस्करीको सामान भित्राउने गरेको सानो देखि ठुलो व्यापारीलाई बिच बाटोमै रोकी खुलेयाम चौकी ईन्चार्जको नाऊमा महिनवारी बुझने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले यस अनलाईनलाई बताएका छन्।

ईलाका प्रहरी कार्यालय नगवा चौकीका ईन्चार्जा प्रहरी नायब निरीक्षक सुनिल झा हुन्।

सई झाले आफ्नो बिश्वास पात्र सहायक हवल्दार साहलाई घुमुवाको रुपमा परिचालन गरि व्यापारी देखि रेल्वेमा रहेका ट्रान्सपोर्टहरुलाई तस्करीको सामान दिएको ट्रान्सपोर्टलाई रकम लिएर तस्करीको लाईन दिएको आरोप स्थानीयले आरोप लगाएका छन् । नगवाका घुमुवा साहले एक किसिमको डर त्रास देखाई लाखौंको महिनवारी असुली गर्दै आएको एक ट्रान्सपोर्टका कर्मचारीले नाम नछाप्ने सर्तमा न्युज स्टोरी नेपाललाई जमाएका छन ।

स्थानीय बासिन्दाहरु र व्यापारीहरूका अनुसार मुसहर्वा नाकाबाट दैनिक रूपमा विभिन्न प्रकारका सामानहरू अवैध रूपमा नेपाल भित्र्याइँदै गरेपनि नगवाका प्रहरीका घुमुवाले रकम लिएर छाडने गरेको र आफ्नो घरायसी सामान लिएर आउने सर्व साधारणलाई दुख दिने गरेको बताएका छन्।

तस्करहरुले किराना सामानदेखि कपडा, हार्डवेयर, काजु, मोटरपाट्स रजनि गन्धा लगाएतका ठुलो मात्रामा भन्सार लाग्ने तस्करीको सामानहरु तस्करी भइरहेको छ ।
यस कार्यमा तस्करहरुले संगठित समूह बनाएर तस्करीको काम गरिरहेका छन्

तस्करीमा संलग्न भनिएका व्यक्ति महिला देखि पुरुषहरूको एक समूहले कपडाको तस्करी व्यापक रूपमा गरिरहेको दाबी गरिएको छ।

तस्करहरुको यी समूहहरूले अटो रिक्सा मोटरसाइकल र साइकलजस्ता सवारी साधन प्रयोग गरेर सामान ओसारपसार गर्ने र त्यसलाई पर्सा जिल्लाका बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा विभिन्न ठाउमा गोदाम भण्डारण गर्ने गरेर ट्रांसपोर्ट सम्म पुर्याउने गरेका छन् ।

स्थानीयहरू भन्छन्, “यो केवल तस्करी होइन, यो संगठित संरक्षणमा भइरहेको अपराध हो।”सीमावर्ती क्षेत्रमा तस्करी बढ्दै जाँदा राज्यको राजस्वमा ठुलो क्षति भइरहेको छ ।

शान्ति सुरक्षाका र सुचना संकलनको लागि प्रहरी सहायक हवल्दार साहलाई खटाईए पनि उनले पुरै संगठनको नामनै बदनाम हुने गरी कार्य गर्दै आएको स्थानीयहरुले आरोप समेत लगाएका छन् ।

ईप्रका नगवाका प्रहरी नायब निरिक्षक झालाई जानकारी हुंदा पनि कुनै किसिमको कारवाही नगर्नुले उनी अछुतौ नरहेको प्रष्ट बुझन सकिन्छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकले सिमानाकामा हुने तस्करी पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन्

पर्सा जिल्लाको कुनै पनि प्रहरीले रकम लिएर अवैध रुपमा तस्करीको लाईन दिएको र तस्कर सँग साठ गाठ भएको पाएमा बिभागिए कारवाही गर्ने बताएका छन्

घुमुवाका साहले अवैध रुपमा तस्करीको रकम बुझेको पाएमा ठाऊको ठाऊ कार्यबाही गर्न निर्देशन दिदै आएपनि नागवा चौकीका ईन्चार्जा सई झाले उनको निर्देशन विपरीत तस्कर र ट्रान्सपोर्टबाट लाखौं रुपैयाँको महिनवारी असुल्दै आएका स्रोत ले जनाएको छ ।

यस बिषयमा बुझनको लागि ईलाका प्रहरी कार्यालय नगवा प्रहरी प्रमुख सई झाको मोबाईल नम्बर ९८५५०९०७१० मा फोन गरे प्रतिक्रिया लिन खोज्दा आफुले कुनै घुमुवा नराखेको र त्यस्तो गरेको पाईएमा कारवाही गर्ने बताएका छन् ।

यस विषयमा बुझदा प्रहरी नायब निरिक्षक झाले नगवा छेत्र को आसपास रहेको कुनैपनी नाका बाट तस्करीको बस्तु चौकीको चेत्रमा नभित्रिएको प्रतिक्रिया गराए ।

जेनजी अन्दोलनपछि देशको प्रधानमन्त्री देखि गृहमन्त्री सम्म परिवर्तन भएपनि पर्सा जिल्लामा अहिले सम्म तस्करी नरुकेको स्थानीयले आरोप लगाएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्वर १६ स्थित रहेको ईलाका प्रहरी कार्यालय नगवामा केही परिवर्तन नभएको स्थानियहरुले बताएकाछन।

पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकले तस्करीमा कडाई गर्न आफ्ना मातहतका प्रहरीहरुलाई निर्देशन दिएपनी तस्करी नरुकेको स्थानीयले आरोप लगाएका छन् ।
यस सम्बन्धमा सम्बन्धित निकाएको ध्यान जान जरुरी देखिएको छ।

यस बिषयमा ध्यान दिएन भने राज्यलाई दैनिक लाखौ रुपैयाँ राजस्वमा घाटा हुने देखिएको छ ।