मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा नेकपा एमालेकी उम्मेदवार रिना यादवको अलौंमा घरदैलो कार्यक्रम उल्लेखनीय सहभागिता

वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा नेकपा एमालेकी उम्मेदवार रिना यादवको अलौंमा घरदैलो कार्यक्रम उल्लेखनीय सहभागिता

न्यूजस्टोरी

शेखर छतकुली
वीरगञ्ज, २ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आज नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेलाई अत्याधिक मत दिएर विजयी बनाउन आग्रह गरेकी छिन्।
यादवले अलौको सिवानटोला देखि सुरु गरेकी घरदैलो कार्यक्रम बजारटोला पुगेर समापन गरेकी थिइन्।
अलौका मतदाताहरु सँग भेटघाट गर्दै उम्मेदवार यादवले आफनो एजेन्डा शिक्षा स्वास्थ्य विकास पर्सा निर्वाचन क्षेत्र नं २ मा कसैले पनि नसोचेको विकास गर्ने बताईन ।
यादवले आफुले एमालेबाट निर्वाचित भएपछी यस क्षेत्रमा पिछडिएका महिला दलित आदिवासी जनजाति लगायत सम्पुर्णको मागका लागी प्रतिनिधि सभामा आवाज उठाउने बताएकि छिन।

कार्यक्रममा स्थानीय बासिन्दाले जितको लागि दही खुवाएर माला लगाएर यादवलाई वृध वृधाहरुले आशीर्वाद दिएका थिए।
एक सहभागीले भने, “यसपालि हाम्रो भोट सुर्यलाई, हाम्रो नेता रिमा यादवलाई ।

उक्त कार्यक्रममा जनतासँग संवाद गर्दै भनिन्, “अबको पालो विकास र सुशासनको, अबको पालो समृद्ध पर्साको१” उनले क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी विकासका लागि आफ्नो पहिलो प्राथमिकता रहेको मतदाताहरु सँग प्रतिबध्दता जाहेर गरेकी थिइन्।

उम्मेदवार यादवले जनता सँग आफु विजयी भएपछि अरु उम्मेदवार जस्तो चुनाव चुनावमा मात्र देखिने उम्मेदवार नभएको वताईन ।

अलौमा नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा करिव ५ सयको सँख्यामा मतदाहरुको ठुलो मात्रामा सहभागिता रहेको थियो।

कार्यक्रममा सोही वडाबाट निर्वाचित वडाध्यक्ष सन्जु छ्त्कुली वडा सदस्य शेष नेसार अहमद अमोद यादव लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको पनि ठुलो उपस्थिती रहेको थियो।