मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्साको सिमानाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रहरीले तस्करीको लाइन दिने, एसपीहरुले छापामारी गरी नियन्त्रणमा लिने

पर्साको सिमानाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रहरीले तस्करीको लाइन दिने, एसपीहरुले छापामारी गरी नियन्त्रणमा लिने

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज २९ माघ । पर्सा जिल्लाको वीरगन्ज लगायत सिमानाकामा रहेको प्रहरीले तस्करहरु सँग रकम लिएर तस्करी गर्न छुट दिएको पुष्टि भएको छ ।

वीरगन्ज लगायत पर्सा जिल्लाको सिमानाकामा रहेका सशस्त्र प्रहरीको विओपी, गुल्म र नेपाल प्रहरीको प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयहरुको मिलोमतोमा तस्करी हुने गरेको तथ्य सार्वजनिक भएको हो।

वीरगन्ज महानगरपालिका वडा नम्वर १० स्थित आदर्शनगरमा रहेको एक ट्रान्सपोर्टको गोदाममा सशस्त्र प्रहरीको टोलीले माघ २६ गते सोमबार एका विहानै छापामारी गर्न गएको टोलीलाई व्यपारीले सशस्त्र प्रहरीलाई कुटपिट गरेको घटनाले सिमानाकाका द्वय प्रहरीहरुको मिलोमतोमा पर्सा जिल्लामा तस्करी सँचालनमा रहेको प्रष्ट बुझ्न सकिन्छ।
विषेश सुचनाको आधारमा माघ २६ गते विहान सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्ज र भन्सार को संयुक्त टोलीले आदर्शनगरमा रहेको एक गोदाममा छापामारी गर्न पुगेको बेला सशस्त्र प्रहरीको टोली माथी १५ देखि २० जनाको सँख्यामा रहेको व्यपारीहरुले सशस्त्र माथी बासको भाटाले कुटपिट गर्दा ३ जना प्रहरी घाईते भएका थिए भने दुइ वटा सशस्त्र प्रहरीको गाडी समेत टोडफोड भएको थियो ।

सशस्त्र प्रहरीलाई कुटपिट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले अहिलेसम्म पक्राउ गरिसकेको छ ।

पर्सा जिल्लाको वीरगन्ज लगायत छपकैया स्थित रहेको अस्थायी प्रहरी चौकी,सोही ठाउमा रहेको सशस्त्र प्रहरीको विओपी वीरगन्ज महानगरपालिका २६ स्थित ड्राइपोर्ट भित्र रहेको विओपी आईसिपी भन्सार भित्र रहेको विओपी सोही ठाउँमा रहेको प्रहरीहरु लगाएत सिमानाकामा रहेको द्वय प्रहरीहरुले तस्करहरु सँग मोटो रकम लिएर तस्करी गर्न छुट दिने र सो नाकाबाट अवैध रूपमा भित्रिने सामानहरु वीरगन्जमा आएर केही ट्रान्सपोर्टहरुको गोदाममा जम्मा हुने गर्दछ ।

पर्सा जिल्लाको विभिन्न सिमानाकाबाट अवैध रूपमा भित्रिएका सामानहरु विभिन्न माध्यमबाट वीरगन्जमा पुग्ने गर्दछ त्यसपछी जिल्ला प्रहरी कार्यालय पर्साको टोली र सशस्त्र प्रहरी बलको १३ नम्बर गणको टोलीले सुचना आएको भन्दै छापामारी गर्न पुगेर व्यपारीहरुको केही बिल बिजक समेत भएका सामनहरु अवैध हो भनि नियन्त्रणमा लिने गरेका नतिजा २६ गते माघ व्यपारीहरुले सशस्त्र विरुद्ध प्रहरीमाथी कुटपिट गरेको र सशस्त्र प्रहरीको २ वटा गाडी समेत टोडफोड गरेका थिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सिमानाकामा रहेको प्रहरीले तस्करी गराउने र पर्साका द्वय सशस्त्र प्रहरी प्रमुख नेपाल प्रहरीका प्रमुखहरुले छापामारी गरी सामान नियन्त्रणमा लिने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी तथा सशस्त्र प्रहरी बल १३ नम्वर गणका एसपीले सिमानाकामा रहेको आ(आफ्ना मातहतका विओपी र प्रहरी चौकीका प्रमुखहरुलाई अवैध गतिविधि नियन्त्रण गर्न ठाडो निर्देशन दिने हो भने २६ गते वीरगन्जको आदर्शनगरमा भएको घटना हुने थिएन ।
सिमानाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी मातहतका प्रहरीहरुले पैसा लिएर तस्करीको लाईन दिने एसपीहरुले कमिशनका लाी छापामारी गर्ने यस्ले कस्तो सन्देश दिरहेको छ त्यो सशस्त्र प्रहरीको प्रधान कार्यालय र नेपाल प्रहरीको प्रधान कार्यालय प्रमुख ज्युहरुले सोच्ने विषय हो । पर्सा जिल्लामा नयाँ आउने सशस्त्र प्रहरीको प्रमुख र नेपाल प्रहरीको शुरुमा तामझाम देखाउने पछि एक दुई महिना पछि तस्करी गराउने पर्सामा ईतिहास रहेको छ ।

पर्सा जिल्लामा कुनै पनि एसपीको पालामा न कहिले तस्करी बन्द रहेको छ न रुकेको छ। ‌

अझ सशस्त्र प्रहरी र नेपाल प्रहरीले २ हजार ५ हजारको गरिबहरुको सामान नियन्त्रण लिने र जम्मा गरेर महिनामा यती लाख उती लाखको अवैध सामान नियन्त्रणमा लिएको भन्दै आ(आफ्नो मिडियामा समाचार प्रकाशित गराउने पर्सामा चलन नै प्रहरीहरुले बनाएका छन्।

त्यसैले सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले यस्ता अवैध कारोबारमा जो कोही सँलग्न रहेका प्रहरीहरुलाई कारवाहीको दायरामा ल्याएर छानविन गरी दोषीलाई कारबाही गर्नु पर्छ नत्र सानोलाई एन र ठुलोलाई चैन भएमा वीरगन्जमा माघ २६ गते भएको घटना दोहोरिन सक्दैन भन्न सकिन्न।