कांग्रेसका उम्मेदवार चौरसियालाई ठुलो झटका
शेखर छत्कुली
वीरगन्ज २५ माघ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा कांग्रेस पार्टी लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
आईतबार एक कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरी वीरगन्ज महानगरपालिका वडा नं २६ सुगौली बिर्ताका रामजी कुर्मी नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन्।
कुर्मी २०४६ सालको प्रजातन्त्र पहिले देखी नै नेपाली कांग्रेस पार्टीमा निरन्तर आबध्द रहेका थिए ।
नेकपा एमालेको चुनावी प्रचारको क्रममा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा आयोजना गरिएको सुगौलीको एक कार्यक्रममा कुर्मी आफ्नो सयौको सँख्यामा रहेको नेपाली कांग्रेसका कार्यकर्ताहरु सहित लिएर नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन्।
विरगंज महानगरपालिका २६ सुगौली निवासी रामजी कुर्मी एमालेमा प्रवेश गरेपछि सो वार्डमा एमालेकि उम्मेदवार रिना यादवको पक्ष एकदम बलियो रहेको देखिएको छ ।

नेकपा एमालेमा प्रवेश गरेका नव प्रवेशी कुर्मीलाई एमालेका केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिका पुर्व मेयर विजय सरावगीले टिका लगाएर पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
कुर्मीले नेपाली कांग्रेस छोडेर एमालेमा प्रवेश गरेपछि पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा एमाले पार्टीमा प्रवेश गर्नेहरुको जनलहर चलेको छ।
पर्सा निर्वाचन क्षेत्र नं एक र दुईमा दिनहु कांग्रेस पार्टी र जसपा नेपाल पार्टी परित्याग गरी नेकपा एमालेमा सयौंको संख्यामा दैनिक प्रवेश गरेका कारण नेकपा एमालेको पक्षमा यि २ क्षेत्रमा जनलहर बढ्दै गएको छ।


प्रतिक्रिया