मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा निर्वाचन क्षेत्र नं २ मा एमाले प्रतिनिधि सभा उम्मेदवार रिना यादवको घरदैलो अभियान

पर्सा निर्वाचन क्षेत्र नं २ मा एमाले प्रतिनिधि सभा उम्मेदवार रिना यादवको घरदैलो अभियान

न्यूजस्टोरी

शेखर छतकुली
वीरगंञ्ज, २२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले आजपनी चुनावी घरदैलो कार्यक्रम शुरु गरेका छिन ।

एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले आज आफनो टोली सहित पर्सागढी नगरपालिका–३ झबराहाका जनतासंग भेटघाट गरेकी छिन ।

यादवले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित उक्त कार्यक्रमलाई तिब्रता दिएकी छिन् ।

उम्मेदवार यादवको उक्त घरदैलो कार्यक्रममा जनताको मन जित्दै गरेकी छिन् ।

उम्मेदवार यादवले आज गरेको घरदैलो कार्यक्रममा स्थानीयवासीको ठुलो मात्रामा सहभागिता देखिएको थियो ।

उम्मेदवार यादवले निर्वाचन क्षेत्र नम्बर २ को झबराहामा घर–घर पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र सुझावहरू सुनीन र जनता ईच्छा र चाहना अनुसार शिक्षा, स्वास्थ्य सेवा, रोजगारीको अवसर, सडक पूर्वाधार र सुरक्षित खानेपानी जस्ता विषयमा उठेका प्रश्नहरूप्रति ध्यान दिँदै उहाँले समाधानमुखी योजना अघि बढाउने बताइन ।

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेकपा एमालेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई पर्सा–२ मा व्यवहारमा उतार्ने अठोट व्यक्त गरिन।

उहाले स्थानीय जनताको विश्वास नै विकासको आधार हुने उल्लेख गर्दै नागरिकबाट प्राप्त समर्थनले आफूलाई थप उत्तरदायी बनाएको बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीय अगुवा, युवाहरू तथा बुद्धिजीवी वर्गले उम्मेदवार यादवको सरल व्यक्तित्व, जनमुखी दृष्टिकोण र विकासप्रति प्रतिबद्ध नेतृत्व क्षमताको प्रशंसा गरेका थिए।

मतदाताहरुले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–२ बाट एमालेको पक्षमा जनमत बलियो बन्दै गएको र पर्सा जिल्लाको ४ वटै क्षेत्रहरुमा एमालेका उम्मेदवारहरु बिजयी हुने दाबी एमालेका समानुपातिक उम्मेदवार समेत रहेका नेता बचिारी यादवले बताएका छन।

निरन्तर जनसम्पर्क, संगठित पार्टी संरचना र बढ्दो स्थानीय समर्थनका कारण पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको चुनावी माहोल अनुकूल बन्दै गएको एमाले नेता तथा बिरगंज महानगरपालिकाको पुर्व मेयर बिजय कुमार सरावगीले बताए ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको उम्मेदवार रिना यादवको पक्षमा जनलहर बढ्दै गएको देखिएको छ ।