मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा रिना यादवको पक्षमा जनलहर बढ्दै एमाले, रास्वपा, जसपा, कांग्रेस पार्टीवीच कडा प्रतिस्पर्धा

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा रिना यादवको पक्षमा जनलहर बढ्दै एमाले, रास्वपा, जसपा, कांग्रेस पार्टीवीच कडा प्रतिस्पर्धा

न्यूजस्टोरी

शेखर छतकुली
वीरगञ्ज २२ माघ । नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर २ कि रिमा यादवले एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली बाहेक कसैले देशमा विकास गर्न नसक्ने बताएकि छिन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर दुईमा घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी यादवले देशमा एमाले पार्टीको विकल्प नरहेको बताएका हुन ।

उम्मेदवार यादवले आफु जेएनजी पुस्ताको उम्मेदवार रहेको बताउदै पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफुलाई मत दिएर विजयी बनाउन आग्रह पनि गरेकि छिन्।

उनले आफु निर्वाचित भएपछी क्षेत्र नम्बर २ मा अति आवश्यक विकासको कामलाई निरन्तरता दिने मतदाताहरुलाई प्रतिबद्धता गरेकि छिन् ।

उहाँले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफु महिला उम्मेदवार भएको कारण खासगरी महिला मतदाताहरु सँग आफुलाई अत्याधिक मात्रामा मतदान गरेर पिछडिएका महिलाहरुको माग पुरा गर्न नेकपा एमाले पार्टीलाई विजयी बनाउन आग्रह समेत गरेकी छिन्।

उम्मेदवार यादबले पर्सा निर्वाचन क्षेत्रको जनता नेकपा एमाले पार्टीको पक्षमा रहेको बताउँदै आफनो जित निश्चित रहेको बताएकि छिन ।

अहिले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको तर्फ जन लहर ह्वात्तै बढेको मतदाताहरु स्वयं बताउछन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा बिरगंज महानगरपालिकाको ३२ वडाहरु मध्ये १३ वटा र ९ वटा बहुदरमाई नगरपालिकाको वडा पर्छ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा ३० जनाले उम्मेदवारी दर्ता गराएका थिए भने एमाले रास्वपा जसपा कांग्रेस नेपाली कम्युनीष्ट पार्टी राप्रपा, नेपाल जनता पार्टी लगायत १८ जना पार्टीका उम्मेदवारहरु रहेका छन् भने ११ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए १ जना कांग्रेसका बागी उम्मेदवार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेपनि उनले आफनो उम्मेदवारी फिर्ता लिएका थिए।