शेखर छतकुली
वीरगञ्ज, २० माघ । सशस्त्र प्रहरी बल नेपाल पर्साले विभिन्न स्थानहरुबाट करिव १५ लाख मुल्य बराबरको अवैध भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको लता कपडा नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण पर्साबाट र वीरगन्ज भन्सार गुल्मबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको करिब ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो।
सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चोक क्षेत्रमा चेकजाँचको क्रममा बिषेश सुचनाको आधारमा उक्त मुल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १३ नम्वर गण वीरगन्जका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले जनाएका छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वा क्षेत्र सहित बिभिन्न स्थानबाट थप अवैध सामानहरू करिब ६ लाख रुपैयाँ बराबरको कपडा, मोबाइल पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स, मोटर पार्ट्स लगायतका सामग्री नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले चेकजाँचका क्रममा भारतबाट विभिन्न सवारी साधनहरूमा लुकाइछिपाई नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरीले त्यस्तै, अवैध भन्सार सामान प्रयोग गरिएको करिब ४ लाख रुपैयाँ मूल्य बराबरको एउटा अटो रिक्सा समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले जनाएका छन्।
सशस्त्र प्रहरीले बरामद गरिएको सम्पूर्ण सामानहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
सशस्त्र प्रहरी प्रमुख पर्साका मोहन बहादुर क्षेत्रीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न निगरानी तथा गस्तीलाई थप कडा बनाउन अवैध ओसारपसार रोक्न पर्सामा रहेको सशस्त्र प्रहरीको बिओपी र सशस्त्र प्रहरीको गुल्मलाई ठाडो निर्देशन दिएका छन् ।


प्रतिक्रिया