मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैत्रीपूर्ण फुटबलमा चितवन भेट्रान विजयी

मैत्रीपूर्ण फुटबलमा चितवन भेट्रान विजयी

न्यूजस्टोरी

किरण कुँवर
चितवन, १६ मंसिर । चितवनको राप्ती नगरपालिका ६ स्थित खेल मैदानमा आयोजित मैत्रिपूर्ण फुटवल प्रतियोगितामा चितवन भेट्रान विजयी भएको हो । चितवन भेट्रानले राप्ती भेट्रानलाई ४-१ को गोल अन्तरले हराउँदै खेल जितेको हो । खेलमा राम्रै प्रभाव जमाएको राप्ती भेट्रानले लय गुमाउँदा हार बेहोर्न बाध्य भयो ।

चितवन भेट्रान फुटबल क्लबको तर्फबाट पूर्व फिफा रेफ्री वीरेन्द्र पाण्डेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पाण्डेले खेल अवधीभर २ गोल गर्दै जित दिलाउन मदत गरेका थिए । चितवन भेट्रानका तर्फबाट राजनदिल गुरुङले १ गोल गर्दा अर्का खेलाडी याम गुरुङले अर्को एक गोल थपेका थिए ।
त्यस्तै, राप्ती भेट्रानका तर्फबाट दिनेश तामाङले एक गोल फर्काएका थिए । राप्ती भेट्रानका तर्फबाट खेलाडी कल्याण कुँवरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

राप्ती भेट्रानका अध्यक्ष विजय चौधरीको संयोजनमा भएको खेलमा जर्सी भने गोल्डन गट सफ्टवएरले उपलब्ध गराएको थियो ।