मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणी अस्पतालमा नयाँ निमित्त मेसु डा.साहको आगमन सँगै पूर्व मेसु डा.दासको बिदाइ

नारायणी अस्पतालमा नयाँ निमित्त मेसु डा.साहको आगमन सँगै पूर्व मेसु डा.दासको बिदाइ

न्यूजस्टोरी

वीरगंज, २१ कार्तिक । वीरगंजको नारायणी अस्पतालमा तेस्रो पटक निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. चित्तरञ्जन साह नियूक्त हुनुभएको छ । डा. साहलाई अस्पताल विकास समितिका सदस्य विमल पौडेलले स्वागत गर्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तत्कालीन मेसु डा. चुमन लाल दासको सरुवा भएपछि रिक्त पदमा डा. साहलाई निमित्त जिम्मेवारीको रुपमा नियूक्त गरिएको हो ।

स्वागत कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका सद्स्य विमल पौडेलले अस्पतालका विद्यमान समस्याहरू समाधान गर्दै जनताको हितमा काम गर्न सुझाव दिनुभयो । अस्पताललाई मधेश प्रदेशकै नमुना बनाउनु पर्ने दायित्व रहेको भन्दै अस्पताल विकासका लागि आवश्यक सहयोग विकास समितिले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा सरुवा भएका पूर्व मेसु डा.चुमन लाल दासलाई पनि सदस्य पौडेलले स-सम्मान बिदाइ गर्नुभयो । डा. दासको कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको भन्दै पौडेलले उहाँको कार्यकुशलताको खुलेर प्रसंसा गर्नुभयो ।

कार्यक्रममा अस्पतालका सूचना अधिकारी डा.उदय नारायण सिंहसहित अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।