शेखर छत्कुली
वीरगन्ज, १४ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई आफनै पत्नीलाई हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको हो। पर्सा प्रहरीले विरगंज महानगरपालिका १७ अलौवाट बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जनाएका छन्।
पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्वर १७ का २५ वर्षिय साहजिम मियालाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उच्च अदालत वीरगन्जले १ वर्ष कैद र १० हजार जरिवाना गरेको मियाँलाई सजाय सुनाएको हुदा मिया फरार आरोपीको सुचीमा लुकीछिपी हिड्दै गरी रहेको हुदा विहिबार मियाँलाई उनकै निवासबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसै गरी जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एकजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरले जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं। १० रानीघाट बस्ने वर्ष ३९ को लालबाबु साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
ललितपुर जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ महिना कैद र रू। एक लाख पाँच हजार तोकिएका कसूरदार साह २०८२।०५।२४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट फरार भएका थिए । फरारपछि आफनै गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा कात्तिक ११ गते सांझ ५ः३० बजे उनलाई घरबाट पक्राउ गरी सम्बन्धीत कारागार कार्यालयमा पठाइने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दामा सँलगन रही लामो समयदेखि फरार एकजना आरोपीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्वर २१ परवानीपुर बस्ने बर्ष २२ को भुटा भन्ने राजकुमार महतोलाई नियन्त्रणमा लिएको हो।
घटना २०८२ बैशाख १५ गते राती करिब ९ बजे वीरगन्ज महानगरपालिका वडा नम्वर २१ परवानीपुरमा भएको हो ।
विवाहको जनती जान ढिलो भएको र नाचगान बन्द गर्ने विषयलाई लिएर भएको बिवादमा मनराज ठाकुरका समेतका व्यक्तीहरुले ३६ वर्षिय जँग बहादुर महतो भन्ने धर्मविर महतोलाई कुटपिट गरी हत्या गरेका थिए।
पक्राउ परेका राजकुमार महतोलाई जिल्ला प्रहरी कार्यालय पर्साको सादा पोसाकमा रहेको प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्वर १६ शँकर आचार्य गेटवाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया