मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई

न्यूजस्टोरी

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ ।

७१ वर्षीय लेखकको प्रभावशाली र दूरदर्शी कृतिले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने नोबेल पुरस्कार समितिले जनाएको छ । उहाँले १ करोड १० लाख स्वीडिश क्रोनर नगद पुरस्कार र पदक पाउनुहुनेछ ।

क्राज्नाहोर्काइको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो शहर ग्युलामा भएको थियो । उहाँका कैयौं कृति हङ्गेरियन भाषामा प्रकाशित छन् । उहाँका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन् ।

क्राज्नाहोर्काइले विभिन्न चलचित्रका लागि कथा पनि लेख्नुभएको छ । उहाँले सन् २०१५ को म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कारसहित धेरै पुरस्कारहरू प्राप्त गरिसक्नुभएको छ ।

यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्रतर्फ, चिकित्साशास्त्रतर्फ र भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो । अब भोलि शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ विजेताहरूको नाम घोषणा हुनेछ ।