मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको तमिलनाडुमा भएको र्‍यालीमा भागदौड स् ३६ जनाको ज्यान गयो

भारतको तमिलनाडुमा भएको र्‍यालीमा भागदौड स् ३६ जनाको ज्यान गयो

न्यूजस्टोरी

भारतको तमिलनाडुको करूरमा अभिनेता हुँदै नेता बनेका विजय चन्द्रशेखरको र्‍यालीमा भागदौड हुँदा कम्तिमा ३६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आठ बालबालिका र १६ जना महिला रहेका छन् ।

हिजो बेलुका विजयले आफ्नो तमिककगा वेत्री कडगम पार्टीको र्‍याली सम्बोधन गर्ने क्रममा भीड अनियन्त्रित हुँदा घटना भएको बीबीसी हिन्दीले जनाएको छ । भारतका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल आर।एन। रवि र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसहित विभिन्न नेताहरूले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री एम।के। स्टालिनले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । साथै, घटनाको छानबिनका लागि उच्च न्यायालयका पूर्व न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा आयोग गठन गरिएको छ ।

मुख्यमन्त्री स्टालिनले घाइतेको तत्काल उपचारका लागि निर्देशन दिनुभएको छ । र्‍यालीमा भीड अत्यधिक भएकाले भागदौड भएको र एम्बुलेन्सलाई घटनास्थलसम्म पुग्न समेत कठिनाइ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।