मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ

भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ

न्यूजस्टोरी

भारतको लद्दाखबाट सामाजिक अभियन्ता सोनम वाङ्चुक पक्राउ पर्नुभएको छ । उहाँलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्दा लगाइएको छ । हिजो सोनम पक्राउ परेसँगै लद्दाखको लेहमा इन्टरनेट सेवा बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । गलत सूचना फैलनबाट रोक्न इन्टरनेट सेवा बन्द गरिएको हो ।

लद्दाखलाई राज्यको मान्यता दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै प्रदर्शनमा सहभागी र सुरक्षाकर्मीबीच गएको बुधवार हिंसात्मक झडप भएको थियो । घटनामा चार जनाले ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्मयका अनुसार लद्दाखको लेहमा भएको हिंसात्मक प्रदर्शनमा भारत सरकारले उहाँलाई जिम्मेवार ठहर्याएको छ ।

झडपपछि उहाँले अनशन तोड्नुभएको थियो । भारतको गृह मन्त्रालयले सोनमले नेपालमा हालै भएको जेन–जी आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप समेत लगाएको छ । भारतीय संविधानको छैटौँ अनुसूचीले लद्दाखजस्ता मुख्यतः आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रहरूलाई विशेष स्वायत्त राज्यको रूपमा विभिन्न विशेष अधिकारको व्यवस्था गरेको छ । सन् २०१८ मा र्यामोन म्यागसेसे पुरस्कार पाएका अभियन्ता सोनमले केन्द्र सरकारले लगाएका सबै आरोपलाई अस्वीकार गर्नुभएको छ ।