मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनद्वारा प्रविधि नवप्रवर्तनमा विश्वव्यापी सहकार्यको आह्वान

चीनद्वारा प्रविधि नवप्रवर्तनमा विश्वव्यापी सहकार्यको आह्वान

न्यूजस्टोरी

चीनको गाडी उद्योग समूहले घरेलु र विदेशी गाडी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ ।

हिजो सार्वजनिक गरिएको विज्ञप्तिमा चीन गाडी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुला, न्यायसङ्गत र भेदभावरहित बजार आवश्यक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सङ्घले विद्युतीकरण र बुद्धिमत्ता आधारित गाडीको विकासमा सहकार्य गर्न जोड दिँदै, हरित, सुरक्षित र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, उद्योग समूहले सम्बन्धित निकायहरूद्वारा गरिने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यो कदम चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट आयात हुने केही एनालग चिपहरूको मूल्य अनुसन्धान शुरू गरेपछि आएको हो । मन्त्रालयले चीनको चिप उद्योगमाथि अमेरिकी कदमहरू विरुद्ध भेदभाव विरोधी अनुसन्धान पनि शुरू गरेको जनाएको छ ।