काठमाडौं, ७ भदौ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसद प्रभु हजराले पर्शामा देखिएको खानेपानीको संकट समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद हजराले शनिवार समाजिक संजाल मार्फत पर्सा जिल्लामा खानेपानीको अभाव र फैलिदै गरेको हैजाको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
सांसद हजराले पर्सा जिल्लाको मुख्य केन्द्र वीरगञ्ज महानगरपालिकामा स्वच्छ खानेपानीको अभावले आम नागरिकमा समस्यामा रहेको औंल्याउँदै अशुद्ध पानीका कारण हैजा लगायतका पानीजन्य रोगहरू तीव्र रूपमा फैलिँदै गरेको मा चिन्ता ब्यक्त गरेका छन् ।
यस्ता समस्याबाट सर्वसाधारण जनताको स्वास्थ्य, बालबालिका तथा वृद्धवृद्धाहरूको जीवनमा ठुलो संकट उत्पन्न भएको उल्लेख गर्दै सांसद हजाराले हालको हैजा फैलावटले जनस्वास्थ्यमा ठुलो असर पारिरहेको जिकिर गरेका छन् ।


प्रतिक्रिया