किरण कुँवर
चितवन, २५ साउन । चितवनको रत्ननगरमा जिएसटी कलेजले नयाँ शैक्षिक यात्रा सुरु गरेको छ । नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रमको औपचारिक सुरुवात गर्दै कलेजले एक करोड सम्मको छात्रवृत्तिको समेत घोषणा गरेको छ । पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था भएको बताउँदै क्याम्पस प्रमुख राजकुमार दाहालले कलेज गुणस्तरीय शिक्षामा कोशेढुंगा सावित हुने दावी गरे । विद्यार्थीलाई ब्यवहारिक शिक्षामा पहुँच पुराउँदै रोजगारीका अवसर सिर्जना गर्न कलेज तत्पर रहने दाहालको भनाइ छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले व्यवसायिक विषयमा रूचि राख्ने विद्यार्थीहरुका लागि बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
पूर्वी चितवनको रत्ननगरमा स्थापित कलेजले नयाँ उत्साह थपेको स्थानीय बताउँछन् ।


प्रतिक्रिया