मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ यु-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

साफ यु-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

न्यूजस्टोरी

काठमाडौं, ३ साउन। । बङ्गलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किंग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले जित हात पारेको हो । ।

एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो । नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गरिन । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गरिन । यसअघिको खेलमा नेपालले भुटानलाई ६(१ गोलले हराएको थियो ।

यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७(० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३-२ गोलले पराजित भएको थियो ।

यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशबिरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्नेछ ।

च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।