मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति

साना देशहरूमा अमेरिकाको नयाँ भन्सार नीति

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताउनु भएको छ ।

सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको दर १० प्रतिशतभन्दा केही माथि रहेको समाचार संस्था एपीले जनाएको छ । उहाँले कम्तीमा एक सय देशबाट आउने सामानमा यो कर लागू हुने योजना सुनाउनु भएको छ ।

अमेरिकी व्यापार सचिव व्यापार सचिव हावार्ड लुटनिकले कर लगाइने देशहरूमा मुख्यतः अफ्रिका र क्यारिबियन क्षेत्र पर्ने बताउनु भएको छ ।

यस महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले दुई दर्जनजति देशहरू र युरोपेली सङ्घलाई पत्र पठाउँदै अगस्ट १ देखि लागू हुने नयाँ भन्सार करहरूको जानकारी दिनुभएको थियो ।

त्यसबेलाको कर घोषणाले अमेरिकी वित्तीय बजारमा उथलपुथल ल्याएको थियो, जसका कारण ट्रम्पले ९० दिनको वार्ता अवधिको घोषणा गर्नुभएको थियो । यो अवधि जुलाई ९ मा समाप्त भइसकेको छ ।