किरण कुँवर
चितवन, २९ असार । नेपाली टेलिचलचित्र ‘सपना’ आउँदो साउन ९ गते देखि पी आचार्य नामक यु-ट्युब च्यानलमा हेर्न सकिने भएको छ । आज चितवनको रत्ननगरमा पत्रकार सम्मेलन मार्फत टेलिचलचित्र बारे जानकारी गराइएको हो । समाजको यथार्थ कथा समेटिएको भनिएको टेलिचलचित्र सपनलाई पिताम्बर आचार्यले निर्देशन गर्ने भएका छन् ।
कार्यक्रममा बोल्दै निर्देशक आचार्यले सपनाले मनोरञ्जन मात्र नभइ नेपाली युवाको संघर्षलाई नजिकबाट देखाउने बताए ।
टेलिचलचित्रको मुख्य भूमिकामा कलाकार पुष्प आचार्य, पिताम्बर आचार्य, लक्ष्मण नेपाल, प्रेम गुप्ता, सुरेश चौधरी लगायतको अभिनय रहने पनि निमार्ण पक्षले जनाएको छ ।


प्रतिक्रिया