मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी अनुदान कटौतीले ५ वर्षमा १ करोड ४० लाख मानिसको ज्यान जान सक्ने जोखिम

अमेरिकी अनुदान कटौतीले ५ वर्षमा १ करोड ४० लाख मानिसको ज्यान जान सक्ने जोखिम

न्यूजस्टोरी

धेरैजसो वैदेशिक मानवीय सहायता कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका कारण सन् २०३० सम्ममा १ करोड ४० लाख मानिसको ज्यान जाने जोखिम रहेको एक प्रतिवेदनले जनाएको छ । ज्यान जोखिममा पर्नेहरूमध्ये एक तिहाइ जति बालबालिका रहेका मेडिकल जर्नल ‘द ल्यान्सेट’ प्रकाशित अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) द्वारा सञ्चालित ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरेको बताउनुभएको थियो ।

कतिपय न्यून तथा मध्यम आय भएका देशहरूका लागि यसको परिणाम विश्वव्यापी महामारी वा ठूलै सशस्त्र युद्धले पार्ने असर जत्तिकै हुने ल्यान्सेटको रिपोर्टका एक सहलेखक डाभिडे रसेलाले भन्नुभयो ।

झन्डै १ सय ३३ देशका तथ्याङ्कहरू अध्ययन गरेर अनुसन्धानकर्ताहरूको टोलीले यूएसएआईडीको सहयोगका कारण सन् २००१ र २०२१ को बीचमा ९ करोड १० लाख मानिसको ज्यान जोगाएको अनुमान गरेका छन् ।

यूएसएआईडीले विश्वभरका १ सयभन्दा धेरै देशहरूलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । यूएसएआईडीलाई अमेरिकी बजेटबाट रकम विनियोजन हुने गरेको थियो ।

सन् २०२४ मा अमेरिकाले यूएसएआईडीका लागि ४४ दशमलव २० अर्ब डलरको कोष छुट्याएको थियो । यो कुल बजेटको ०.४ प्रतिशत थियो ।