मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेतन्याहुले पद छोड्नैपर्छ : पूर्वप्रधानमन्त्री बेनेट

नेतन्याहुले पद छोड्नैपर्छ : पूर्वप्रधानमन्त्री बेनेट

न्यूजस्टोरी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पद छोड्नैपर्ने उहाँका पूर्ववर्ती नफ्ताली बेनेटले बताउनुभएको छ । इजरायलको ुच्यानल टुएल्भु लाई दिनुभएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले नेतन्याहु २० वर्षदेखि सत्तामा रहनुभएको र योे निकै धेरै समय रहेको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

‘नेतन्याहूको नेतृत्व इजरायलका लागि अब अन्त्य हुनैपर्छ । उहाँको बसाइँ स्वच्छ छैन’, बेनेटले भन्नुभयो । उहाँले इजरायली समाजमा विभाजनका लागि नेतन्याहु जिम्मेवार रहेको आरोप लगाउनुभएको खबरमा उल्लेख छ ।

बेनेटले सन् २०२१ मा वर्तमान प्रधानमन्त्रीका आलोचकहरूसँग मिलेर गठबन्धन बनाएर लगातार १२ वर्ष प्रधानमन्त्री बनेका नेतन्याहुलाई पदबाट हटाउनुभएको थियो । तर बेनेटले वर्तमान विपक्षी प्रमुख याइर लापिडसँग मिलेर नेतृत्व गरेको कमजोर गठबन्धन सरकार झन्डै एक वर्षपछि ढलेको थियो । त्यसपछि भएको मध्यावधि चुनावपछि नेतन्याहु अति दक्षिणपन्थी र परम्परावादी यहूदी दलहरूको समर्थनमा फेरि प्रधानमन्त्री बन्नुभएको थियो ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायलले युद्ध शुरू गरेको गाजामा बेनेटले सेनाले असाधारण प्रदर्शन गरेको तर देशको राजनीतिक व्यवस्थापन एक विपत्ति भएको उल्लेख गर्नुभयो ।