मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको हिमाचलमा बाढी आउँदा कम्तीमा दुई जनाको ज्यान गयो

भारतको हिमाचलमा बाढी आउँदा कम्तीमा दुई जनाको ज्यान गयो

न्यूजस्टोरी

भारतको हिमाचल प्रदेश राज्यमा बादल फाटेर अचानक बाढी आउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । हिमाचल प्रदेशको काङ्गडा र कुल्लु जिल्लामा बादल फाटेर आएको बाढीपछि अन्य १० जना बेपत्ता भएका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्मयले जनाएका छन् ।

घटनास्थलको भ्रमणपछि उपायुक्त हेमराज बैरवाले राज्य विपद् प्रतिक्रिया बलका दुई टोली र गृहरक्षकहरूको एक टोली घटनास्थलमा खटाइएको जानकारी दिउनुभयो ।

उहाँले राष्ट्रिय विपद् प्रतिक्रिया बललाई पनि उद्धार प्रयासका लागि बोलाइएको बताउनुभयो । बाढीले धेरै घर, एउटा विद्यालय भवन, सडक र साना पुलहरूमा क्षति पुर्‍याएको खबरमा उल्लेख छ ।