प्यालेस्टिनी विद्रोही समूह हमासले २० महिनाअघि इजरायलबाट अपहरण गरेकामध्ये थप ३ जनाको शव फेला परेको छ ।
बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा फेला परेको इजरायली सेनाले जनाएको छ । उनीहरू सन् २०२३ को अक्टोबर ७ मा अपहरणमा परेका हुन् ।
त्यस दिन हमासले इजरायलमा आक्रमण गरेर १ हजार २ सय १९ जनाको हत्या गर्नुका साथै २ सय ५१ जनालाई अपहरण गरेको थियो । बन्धकमध्ये ४९ जना अझै गाजामा रहेका छन् । यसमध्ये २७ जनाको ज्यान गइसकेको इजरायली सेनाले जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा कम्तीमा ५५ हजार ९ सय ८ जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घले यो तथ्याङ्कलाई भरपर्दो मानेको छ ।


प्रतिक्रिया