मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युद्ध, युद्ध नै हुन्छ’ कविता कृतिको लोकार्पण

युद्ध, युद्ध नै हुन्छ’ कविता कृतिको लोकार्पण

न्यूजस्टोरी

काठमाडौँ, ८ असार । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०का कार्यकारी अयक्ष युवराज अधिकारीको दोस्रो कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक भएको छ ।

कवि तथा गीतकारसमेत रहेका अध्यक्ष अधिकारीको उक्त कृतिको आज आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विमोचन गरे ।

एपेके नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कवि युवराज अधिकारीले लोकार्पित दुई कविता पनि वाचन गरेका थिए ।

वरिष्ठ कलाकार दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रममा पर्यटनमन्त्रीसहित कवि तुलसी दिवस, साहित्यकार प्रकाश सायमी, कलाकार द्वय विजय लामा, निखिल उप्रेती र राजेन्द्र शलभले कवि युवराज अधिकारीका बारेमा बोल्दै उनका केही कविता पनि प्रस्तुत गरेका थिए ।

रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा १२ जना कलाकारद्वारा लोकार्पित सङ्ग्रहभित्रको आमा शीर्षकको कविता मञ्चनसमेत गरिएको थियो ।