मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानी सर्वोच्च नेता खोमिनीलाइ आत्मसमर्पण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव

इरानी सर्वोच्च नेता खोमिनीलाइ आत्मसमर्पण गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको सुझाव

न्यूजस्टोरी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ ।

ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिनुभएको हो ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा इरानको बारेमा धेरै पोस्ट गर्दै नेता आयतुल्लाहबारे अमेरिका पूर्ण रुपमा जानकार रहे पनि तत्कालका लागि उनको ज्यान सुरक्षित रहेको बताउनुभएको छ । उहाँले नेता खोमिनीलाई मार्न सजिलो रहे पनि अहिले केही नगर्ने दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि ठाउँ सही नभएको बताउन थालेका छन् । अहिले संसारका धेरै नेता अमेरिकी राष्ट्रपति ट्रम्पको अबको बाटोको बारे अनुमान गर्न थालेका छन् ।

गएको शुक्रवारदेखि इजरायलले इरानमा आक्रमण गरेपछि चलिरहेको युद्धमा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ । इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ ।

अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता र उपकरण प्रदान गर्दै आएको छ । तर इरानमाथिको पछिल्लो आक्रमणमा अमेरिका संलग्न नरहेको ट्रम्पले स्पष्ट पार्नु भएको छ ।