मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रत्यक्षदर्शीले भने– भूकम्प गएको जस्तो महसुस भयो, जताततै धुवाँ थियो

प्रत्यक्षदर्शीले भने– भूकम्प गएको जस्तो महसुस भयो, जताततै धुवाँ थियो

न्यूजस्टोरी

काठमाडौं । अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको अवस्थाको बारेमा  बताएका छन् ।

एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, “म घरमा बसिरहेको थिएँ, अचानक आवाज आयो । भूकम्प आएको जस्तो महसुस भयो । चारैतिर धुवाँ थियो । मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ । त्यसपछि जब हामी यहाँ आयौँ, अनि थाहा भयो ।” “जब म यहाँ आएँ, मैले एउटा विमान दुर्घटनाग्रस्त भएको देखेँ र त्यहाँ धेरै शव देखेँ,” उनले भने । 

बीजेपी विधायक दर्शना वाघेलाले समाचार एजेन्सी एएनआईलाई भने, “म यहाँ मेरो कार्यालयमा बसिरहेको थिएँ । विस्फोट भयो । जब म त्यहाँ गएँ, मैले विमान दुर्घटनाग्रस्त भएको देखेँ । त्यहाँ धेरै धुवाँ थियो । डाक्टरहरूको फ्ल्याटमा धेरै क्षति भएको छ । हामीले स्थानीय कामदारहरूको सहयोगमा त्यहाँबाट धेरै डाक्टरहरूलाई उद्धार गरेका छौँ ।”

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमान उडान भरेपछि दुर्घटनाग्रस्त भयो । यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो ।”

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १स्३८ बजे अहमदाबादबाट उडेको थियो ।