मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको ज्यान गयो

दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको ज्यान गयो

न्यूजस्टोरी

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ । बाढीले स्कूल बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् ।

प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य भइरहेको पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले बताउनुभयो । यो क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने महत्वपूर्ण पूर्वाधारहरूमा क्षति भएको खबरमा उल्लेख छ ।

ठूलो वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभाव पारेको बीबीसीले जनाएको छ ।