मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमको चेतावनी

ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमको चेतावनी

न्यूजस्टोरी

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएकाले अदालतमा मुद्दा हाल्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गभर्नर न्यूजमले डोनाल्ड ट्रम्पले जे चाहेका थिए अहिले त्यो भइरहेको बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गभर्नर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाउनुभएको छ । उहाँले यसअघि नै यो कदमलाई असंवैधानिक भन्नुभएको थियो ।

शनिवार क्यालिफोर्नियामा इमिग्रेशन र सीमा सुरक्षा प्रवर्तनका कदमहरू विरुद्ध प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए । त्यहि बेला ट्रम्प प्रशासनले गभर्नर न्यूजमको आपत्तिमा बेवास्ता गर्दै दुईसय जना नेशनल गार्ड तैनाथ गरेको हो ।

यसैबीच अमेरिकी रक्षामन्त्री पीट हेगसेथका अनुसार नेशनल गार्ड तैनातीलाई समर्थन गर्न अमेरिकी मरीनहरूलाई पनि उच्च सतर्कतामा राखिएको खबरमा उल्लेख छ ।