मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा रेलबाट खसेर पाँच जनाको मृत्यु

भारतमा रेलबाट खसेर पाँच जनाको मृत्यु

न्यूजस्टोरी

मुम्बई । भारतको मुम्बईमा रेलबाट खसेर पाँच जनाको मृत्यु भएको छ । सेन्ट्रल रेलवेका अनुसार यो घटना सोमवार दिउँसो कोपर रेलवे स्टेसनको बिचमा भएको हो ।सेन्ट्रल रेलवेका अनुसार केही यात्री छत्रपति शिवाजी महाराज टर्मिनलतर्फ गइरहेको लोकल ट्रेनमा यात्रा गरिरहेका थिए । मुंब्रा स्टेसननजिकै केही यात्रु रेलबाट तल खसे । यात्रुहरू खस्नुको कारण अत्यधिक भीड भएको बताइएको छ ।

घटनाको जानकारी पाए लगत्तै रेलवे प्रशासन र प्रहरी घटनास्थलमा पुगेका थिए । घाइते यात्रुहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको थियो । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ

प्रारम्भिक अनुसन्धानमा जनाइएअनुसार रेलमा अत्यधिक भीड थियो । जसका कारण यात्रुहरू ढोकामा झुन्डिएर यात्रा गरिरहेका थिए । दुर्घटनाका केही भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जहाँ यात्रुहरूलाई ट्रेनबाट खसिरहेको देख्न सकिन्छ ।ती यात्रुहरूलाई ट्र्याकबाट उठाएर प्लेटफर्ममा ल्याइएको थियो। सबै मृतकको उमेर ३० देखि ३५ वर्षको बिचको रहेका भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । यस दुर्घटनापछि रेलवे बोर्डले अबदेखि रेलहरूमा स्वचालित ढोका प्रणाली राखिने निर्णय गरेको छ ।