मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको मणिपुरमा हिंसा फैलिन सक्ने जोखिम

भारतको मणिपुरमा हिंसा फैलिन सक्ने जोखिम

न्यूजस्टोरी

भारतको मणिपुरमा हिंसा फैलिन सक्ने जोखिम बढेको छ । मैतेई जातिको स्वयंसेवक सङ्गठन ‘अरम्बाई टेंगोल–एटी’ का एक प्रमुख नेता कनान सिंहलाई प्रहरीले पक्राउ गरेपछि अस्ति शनिवार रातिदेखि फेरि मणिपुर अशान्त बनेको छ । नेता कनानका समर्थकहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । धेरै मुख्य सडक बन्द भएका छन् ।

प्रदर्शनकारीहरुले सडकमा टायर बालेर अवरुद्ध गरेका छन् भने बसमा आगो समेत लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले रातको समयमा समेत प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण हिंसा फैलिने जोखिम बढेको भन्दै सुरक्षाकर्मी परिचालन भएका छन् । कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको र तीन जना घाइते भएका खबरमा उल्लेख छ ।

भारतमा मैतेई र कुकी जातिबीच दुई वर्ष अघिदेखि शुरु भएको जातीय हिंसामा अहिलेसम्म दुई सय ६० भन्दा धेरैको ज्यान गइसकेको छ भने यही द्वन्द्वका कारण हजारौं नागरिक विस्थापित भएका छन् ।

यसैबीच मणिपुरका पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । प्रहरीले एउटा जिल्लामा कर्फ्यु र अरू चार वटा जिल्लामा मानिसलाई भेला हुन र प्रदर्शन गर्नमा रोक लगाउने गरी निषेधाज्ञा समेत जारी गरेको छ ।