मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरु पक्राउ गरेपछि हिंसात्मक प्रदर्शन

अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरु पक्राउ गरेपछि हिंसात्मक प्रदर्शन

न्यूजस्टोरी

अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ । प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई लक्षित गरेका फक्स न्यूजले जनाएको छ ।

त्यहाँको गृह सुरक्षा विभागले डेमोक्र्याट नेताहरू हकीम जेफ्रीज, करेन बास, टिम वाल्ज र मिशेल वू—ले आईसीईमाथि नकारात्मक बयान दिँदा हिंसा भड्किएको आरोप लगाएको छ । आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीहरूमाथि आक्रमण बढेको र केहीको परिवारलाई समेत लक्षित गरिएको खबरमा उल्लेख छ ।

आप्रवासन तथा भन्सार प्रवर्तन विभागले पक्राउ परेका व्यक्तिमध्ये पाँच जना गिरोह सदस्यसहित लागूपदार्थ तस्करी, घरेलु हिंसा, र मानव तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । गृह सुरक्षा विभागलले हिंसा अन्त्य गर्न नेताहरूलाई संयमित अभिव्यक्ति दिन आग्रह समेत गरेको छ ।