अमेरिकामा अघिल्लो महिना मे मा रोजगारीको वृद्धि अपेक्षाभन्दा कम भएको छ । यद्यपि बेरोजगारी दर स्थिर छ । अमेरिकी श्रम मन्त्रालयका अनुसार मे महिनामा एक लाख ३९ हजार नयाँ रोजगारी सिर्जना भएका छन्, जुन अप्रिलको एक लाख ४७ हजार भन्दा थोरैले कम हो ।
बेरोजगारी दर भने ४ दशमलव २ प्रतिशत कायम रहेको छ । विश्लेषकहरूले यो मन्दीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति विशेष गरी ट्यारिफ अर्थात् करहरूको प्रभावसँग जोडेर हेरेका छन् ।
व्यापार नीतिहरूको अनिश्चितताले व्यवसायलाई नयाँ कर्मचारी नियुक्तिमा सतर्क बनाएको समाचार संस्था एएफपीले जनाएको छ । यद्यपि, स्वास्थ्य सेवा, मनोरञ्जन र सामाजिक सहायता जस्ता क्षेत्रहरूमा रोजगारीको केही वृद्धि देखिएको छ ।


प्रतिक्रिया