मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनवरीयता अमेरिकाले डिपोर्ट गर्‍यो हजारभन्दा धेरै भारतीय

जनवरीयता अमेरिकाले डिपोर्ट गर्‍यो हजारभन्दा धेरै भारतीय

न्यूजस्टोरी

काठमाडौं । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार यसरी डिपोर्ट भएकामध्ये ६२ प्रतिशत व्यवसायीक उडानमा आएका थिए । यद्यपि उनीहरूको थप विवरण दिइएको छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहोर्‍याएर ह्वाइट हाउस छिरेपछि कागजपत्रविहीन आप्रवासीलाई डिपोर्ट गर्ने अभियान चलाइरहेका छन् । 

यस्तो पृष्ठभूमिका जयसवालले आप्रवासीको मामिलामा भारत र अमेरिकाबिच निकट सहकार्य रहेको दाबी गरे । यसरी फिर्ता पठाएका नागरिकलाई लिनुअघि भारतले उनीहरूको नागरिकता प्रमाणित गर्ने गरेको पनि उनले बताए । 

अमेरिकाले अहिलेसम्म आफ्नो देशमा गैरकानूनी रूपमा बस्दै आएका १८ हजार भारतीय नागरिकको पहिचान गरेको छ । यो महिनाको सुरुमा भारतस्थित अमेरिकी दूतावासले भिसामा तोकिएको म्याद सकिएपछि पनि अमेरिकामा बस्दा वा गैर कानुनी रूपमा अमेरिका छिरेकाहरूलाई डिपोर्टमा परिने वा अमेरिका प्रवेशमा स्थायी रोक लाग्न सक्ने चेतावनी दिएको थियो ।